फुटबलर विशाल राई अस्ट्रेलियातर्फ – Nepal Press

फुटबलर विशाल राई अस्ट्रेलियातर्फ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी विशाल राई अस्ट्रेलियातर्फ लागेका छन् ।

नेपाली फुटबल खेलाडीहरूको विदेश पलायत बढिरहँदा राई अस्ट्रेलिया उडेका हुन् । उनी खेल्नकै लागि गएको बताइएको छ ।

घरेलु फुटबलमा लामो समयदेखि विवाद र गतिविधि रोकिएको अवस्थामा खेलाडी बाहिरिरहेका छन् ।

विशालले नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ खेल खेल्दै ३ गोल गरेका छन् । मच्छिन्द्र क्लबले लगातार दुई सिजन घरेलु लिग जित्दा विशालको भूमिका महत्वपूर्ण थियो । यो सिजन पनि उनी मच्छिन्द्रबाट खेल्ने तय थियो । विशालले त्यसअघि मनाङ मर्स्याङ्दीबाट पनि घरेलु लिग उपाधि जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *