नेपाल आएका मलेसियाली गृहमन्त्रीको औपचारिक भेटवार्ता आजबाट – Nepal Press

नेपाल आएका मलेसियाली गृहमन्त्रीको औपचारिक भेटवार्ता आजबाट

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरू गर्दैछन् ।

शुक्रबार साँझ काठमाडौं उत्रिएका इस्माइलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्ने तय भएको छ ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर