उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन रास्वपाको माग, गृहमन्त्रीका लागि २ दिन पर्खिने
२०७९ माघ १९ गते २०:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए । तत्काल सरकार हट्न नहुनेमा धेरै नेताहरुको जोड रहेको स्रोतले बतायो । गृहमन्त्रीका विषयमा निर्णय लिन सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रलाई दुई दिन समय दिने निर्णय बैठकले गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर