सुनकोशीका आगलागी पीडितलाई गाउँपालिकाको ५ लाख सहयोग – Nepal Press

सुनकोशीका आगलागी पीडितलाई गाउँपालिकाको ५ लाख सहयोग

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले वडा नम्बर २ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्मका आगलागी पीडितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एक साताअघि कृषि फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको थियो । १२० वटा बाख्रा रहेको फार्म आगलागी हुँदा ८१ बाख्रा मरेको थियो ।

गाउँमा करोडौं लगानीमा सञ्चालन भएको कृषि फर्ममा आगलागी भएपछि युवाहरुको उत्साहलाई कायम राख्न गाउँपालिकाले सहयोग गरेको अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए । गाउँपालिकामार्फत अन्य सहयोग पनि उपलब्ध गराउन पहल गर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडाध्यक्षहरुलगायतको टीमले कृषि फार्मका सञ्चालक जालबहादुर खत्रीलाई आगलागी भएको स्थानमा नै पुगेर सहयोग हस्तान्तरण गरेको थियो ।

त्यस्तै सुनकोशी गाउँपालिकाका पूर्वअध्यक्ष श्रवणकुमार जिसीले व्यक्तिगत रुपमा पीडितलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले पनि १५ हजार सहयोग गरेकी छन् ।

अन्य व्यक्तिहरुले समेत पीडितलाई आर्थिक सहयोग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर