चिकित्सा अध्ययन संस्थानले सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने ७ विद्यार्थी संगठनको चेतावनी – Nepal Press

चिकित्सा अध्ययन संस्थानले सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने ७ विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । संयुक्त विद्यार्थी संघ/संगठनहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।

नेवि संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अखिल (क्रान्तिक्रारी)का पवन कार्की, प्रकाश शाही, हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका मिलन राई र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष डा. मनिस भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै एमबीबीएस र बीडीएस प्रथम फेजमा बेरियरमा परेका विद्यार्थीहरुको समस्या समाधानको माग गरेका हुन् ।

गत भदौ ३१ गते विद्यार्थी संगठनहरुसँग भएको सहमति चार महिना बितिसक्दा पनि कुनै प्रगति नभएको भन्दै डीन कार्यालय र डीन प्रा. डा. दिव्या सिंह शाहलाई स्मरण गराए पनि प्रतिवेदन सार्वजनिक नगरिएको विज्ञप्तिमा भनिएको छ ।

डीन कार्यालयले आफूहरुसँगको सहमति विपरीत माघ १५ गते निकालिएको सूचना स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । सहमतिलाई कुल्चिने कार्य गरिए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । र त्यसबाट हुने क्षतिको जिम्मेवारी पनि डीन कार्यालय र डीन स्वयमले लिनुपर्ने उनीहरुको आक्रोश छ ।

‘संयुक्त विद्यार्थीहरुसँग गरिएको सहमतिलाई यसरी नै जिस्काउने कुल्चिने, लत्याउने र प्रतिवेदन सार्वजनिक नगर्ने कुप्रयास भएको खण्डमा बाध्य भएर अन्य सशक्त र कडा आन्दोलनको आँधीबेहरीसहित देखा पर्न बाध्य हुने हुनेछौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

पहिले भएका सहमति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर