वन तथा वातावरण मन्त्रालयको कायममुकायम सचिवमा पौडेल – Nepal Press

वन तथा वातावरण मन्त्रालयको कायममुकायम सचिवमा पौडेल

काठमाडौं । सरकारले सहसचिव रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार कृषि विभागमा महानिर्देशक रहेका पौडेललाई मन्त्रालयको कामु सचिवको जिम्मेवारी दिइएको हो ।

सचिव बढुवा सिफारिस समितिले पौडेललाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । सोहीअनुसार कामु सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

पौडेलले बढीमा ६ महिनासम्म कामु सचिवको जिम्मेवारी सम्हाल्नेछन् । यसबीचमै सचिव बढुवा प्रक्रिया अघि बढेमा बढुवा भएका सचिवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ । प्राविधिकतर्फ पौडेल सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।

योग्यता क्रममा विवाद हुँदा अदालतमा मुद्दा परेको थियो । जसले गर्दा प्राविधिकतर्फको नियमित सचिव बढुवासमेत रोकिएको थियो ।

तत्कालीन सचिव प्रेमनारायण कँडेल अनिवार्य अवकाशमा गएसँगै वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर