माउ पार्टीको विवाद नेविसंघमा छताछुल्ल – Nepal Press

माउ पार्टीको विवाद नेविसंघमा छताछुल्ल

संस्थापन पक्षले अध्यक्ष घोषणा गरेको दुई दिनपछि इतर समूहले घोषणा गरे समानान्तर कमिटी

रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीमा नेपाल विद्यार्थी संगठनको विवाद तहमा आएको छ । संस्थापन पक्षले जिल्ला अध्यक्ष घोषणा गरेको दुई दिनपछि इतर समूहका नेताहरु बसेर समानान्तर कमिटी घोषणा गरेका हुन् ।

रुपन्देहीका नेता बालकृष्ण खाणका भाइ रामकृष्ण खाण जिल्ला अध्यक्ष छन् । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै सक्रिय भएको नेविसंघले समानान्तर कमिटी बनाइएपछि दुई समूहबीचको विवाद स्थानीय कमिटीसम्म पुगेको हो ।

तीन दिनअघि मात्रै केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा सन्दिप पाण्डेलाई नियुक्त गरेका थिए । आज बुटवलमा भएको भेलाले सस्थापन पक्षले एकलौटी रुपमा निर्णय गरेको भन्दै इतर समूहका नेताहरुको बैठकले समानान्तर कमिटी गठन गरेर चुनौती दिएका हुन् ।

इतर समूहको भेलाले सम्सेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, दिपक अर्याल,सागर अधिकारी, ऋषि पन्थी, सिमन कण्डेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पङेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रेष्ठ, राजन थापा, विधान खाती, निरज श्रेष्ठलगायत सदस्य रहेका छन् ।

नेपाली कांग्रेस रुपन्देही उपसभापति थानेश्वर घिमिरे जिल्ला सचिव परमानन्द भट्टलाई जिल्ला सहसचिव विष्णु थापा, लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्यहरु रामबहादुर कार्की, दीर्घबहादुर केसी(कुमार), क्षेत्र नम्बर २ सभापति पर्शुराम ढकाल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, क्षेत्र नम्बर ४ सभापति मुकेश यादव, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी पौडेल, पूर्वजिल्ला सचिव हेमराज अर्याल, रुपन्देही २ क सभापति खड्क बहादुर महत, बुटवल नगर सचिव छाय पन्थ, लगायतहरुको उपस्थितिमा समानन्तर समिति गठन गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर