प्रचण्डको विश्वास- मैले बुझेसम्म रास्वपा सरकारबाट बाहिरिँदैन (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।
पेरिसडाँडामा स्थायी कमिटी बैठकका लागि पुगेका प्रचण्डले आन्तरिक छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केही हुँदैन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’
माओवादी स्थायी कमिटी बैठक भने भोलिलाई सारिएको छ ।
तर, प्रधानमन्त्रीले गृहमन्त्रालय नदिने संकेत गरेपछि रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक अहिले जारी छ । रास्वपाको यो बैठकले सरकारमा बस्ने या बाहिरिने निर्णायक छलफल गर्ने बताइएको छ ।
रविले आज पनि बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए । हिजो गृहमन्त्री बनाउने झिनो आश्वासन पाएर आशावादी बनेका लामिछाने आजको भेटपछि भने निराश बनेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो मौनता आजको दिनसम्ममात्र भएको पनि लेखेका छन् ।
प्रचण्डले भए एमालेसँगको गठबन्धन नभए काँग्रेस छदैछनि भन्ठानेका होलान । तर याद गर काँग्रेसले चुनावमा कति भोट दियो अनि नयाँ सरकार बनाउन खोज्दा कस्तो व्यवहार गर्यो । ठिकै छ भिरबाट लडन लागेको गोरूलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।