नेकपा एसका नेता विजय पौडेल पेरिसडाँडामा

२०७९ माघ १९ गते १७:२६

काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेता छलफलमा जुटिरहेको बेला नेकपा एसका उपमहासचिव विजय पौडेल पेरिसडाँडा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेता पौडेल माओवादी पार्टी कार्यालय पुगेका हुन् ।
उनले सञ्चारकर्मीहरूसँग आफू एउटा सन्देश लिएर आएकोमात्रै भएकाले कुनै प्रतिक्रिया नदिने बताए आजै नेकपा एसको पनि सचिवालय बैठक बसेको थियो ।
सत्ता गठबन्धनमा खटपट भइरहेको बेलामा नेता पौडल माओवादीको पार्टी कार्यालयमै पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर