लाकुरीभन्ज्याङको जंगलमा १५ वर्षीया किशोरी बलात्कृत – Nepal Press

लाकुरीभन्ज्याङको जंगलमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ स्थित लाकुरी भन्ज्याङ जङ्गलमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीका अनुसार बुधबार साँझ ६ बजे उक्त घटना भएको थियो । किशोरी बलात्कार आरोपमा मुगुको सोरु गाउँपालिका स्थायी घर भई सुर्यविनायक-९ पलासे बस्ने २१ वर्षीय भक्त नेपाली रहेका छन् ।

सोही जङ्गलमा एक महिलालाई बलात्कार प्रयाश गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिका-३ स्थायी घर भई सूर्यविनायक-९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियार पक्राउ परेका छन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *