सांसद पक्राउपछि रञ्जिताको आक्रोश- सरकारलाई हाम्रो समर्थन नचाहिने रहेछ

२०७९ माघ १९ गते १६:५६

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिता चौधरीले सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् ।
सो पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उनले अपराधी थारूलाई मात्र देखेको आरोप लगाइन् ।
उनले फेशबुकमा लेखेकी छन्, ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ ।’
कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो । ट्रयाक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर