श्रवण मुकारुङ र प्रेम ओझालाई एक लाख राशी पुरस्कारले सम्मानित गरिने – Nepal Press

श्रवण मुकारुङ र प्रेम ओझालाई एक लाख राशी पुरस्कारले सम्मानित गरिने

काठमाडौं । अमर नेम्बाङ स्मृति प्रतिष्ठानले यस वर्ष साहित्यारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई सम्मानित गर्ने भएको छ । फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशीको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारद्वयलाई दिने निर्णय गरेको हो ।

अमर नेम्बाङ लिम्बुको चौथो स्मृति दिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान यसअघि ०७६ सालमा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा, ०७७ सालमा डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङ र ०७८ सालमा शारदा सुब्बा र बिनाथिङ तामाङलाई प्रदान गरिएको थियो ।

पुरस्कार यही माघ २६ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर