रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले गरे आत्मदाह प्रयास – Nepal Press

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले गरे आत्मदाह प्रयास

सुर्खेत । जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । जुम्ला चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् । कार्कीले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै आत्मदाह प्रयास गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि उनले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले नेपाल प्रेसलाई जानकारी दिइन् ।

भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने, रवि लामिछानेले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनुपर्ने भन्दै ४० वर्षीय उनले आत्मदाह प्रयास लागेको रिजालले बताइन् ।

उनलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *