हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्म सिजन लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने – Nepal Press

हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्म सिजन लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ ।

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडान सम्बन्धि नयाँ व्यवस्था लागू गर्न लागेको बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको उनको भनाइ छ ।

उनले २७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको बताए । सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि बताए ।

उनले भने,‘छलफलबाट नेपालको नागरिक उड्डयन सिस्टमको लागि जाँडो महिनाका अन्तिमतिर आएका छौं । प्राधिकरणले हवाई उडानलाई कसरी सुरक्षित बनाउन सकिन्छ । नेपालको विमानस्थलमा हुने ल्याण्डिङ पश्चात असुरक्षित हो की ? भन्ने बाहिर मानिसहरुको परेकाले प्राधिकरण हवाई उडानलाई सुरक्षित बनाउने विषयमा छलफल गरिरहेको हो ।’

प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको छ । हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको छ । आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने सुचना अधिकारी भुलले बताए ।

उनले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने बताए ।

सूचना अधिकारी भुलले चालक दलका सदस्यको थकानको जोखिम न्युनिकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *