सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता – Nepal Press

सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग सीएमडीबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग सिएमडी अन्तर्गत एमबीएसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहनदार विद्यार्थीलाई थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको हो ।

बुधवार विश्वविद्यालयको परिसरमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा. भवानी शंकर आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर