सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोख्रेलको निरन्तरता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन गणेशराज पोख्रेल नियुक्त भएका छन् ।
बुधवार बैंकको ४१औँ सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोख्रेललाई चयन गरेको हो । उनी आगामी ४ वर्षको कार्यकालका लागि प्रमुखमा नियुक्त भएको बैंकले जनाएको छ ।
पोख्रेल स्थापना कालदेखि नै बैंकमा आबद्ध रहेका छन् । २०६५ साल देखिनै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका पोख्रेलले ।
आफ्नो कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको बैंकको भनाई छ।