बागमतीका १२ लाख भेडा बाख्रालाई पीपीआर खोप लगाइने – Nepal Press

बागमतीका १२ लाख भेडा बाख्रालाई पीपीआर खोप लगाइने

हेटौँडा । अफ्रिकी महादेशबाट फैलिएको घातक रोक ‘ पीपीआर’ अर्थात भेडाबाख्रामा हुने हैजाबिरुद्धको खोप यो पटक बागमती प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई लगाइने भएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनमा फागुन १ बाट ७ सम्म प्रदेशको सबै जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारले गत वर्ष पनि ८ लाख २१ हजार ४८९ बाख्रा र ८ हजार ६९८ भेडालाई पीपीआर खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पीपीआर संक्रमणको कारण वर्षेनि हजारौ भेडाबाख्रा मर्ने गरेको कारण किसानले ठुलो क्षति बेहोर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशमा रहेका भेडाबाख्रालाई पीपीआर खोप लगाउने कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।

विषाणुबाट फैलने रोग भएको कारण पीपीआरको सघन उपचार नभएको हुँदा सामुहिक खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *