राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, अरु दलसँग पनि छलफल गर्ने (भिडिओ) – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, अरु दलसँग पनि छलफल गर्ने (भिडिओ)

रमेश लेखक भन्छन्- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कुरा प्रधानमन्त्रीले गर्नुभएको छ, हामी उहाँको प्रस्ताव पर्खिरहेका छौं

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताए । उनले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर