विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ – Nepal Press

विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ) को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १ बजे पक्राउ गरिएको हो । उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।


प्रतिक्रिया

One thought on “विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर