निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि जसपाले स्पष्टीकरण लिँदै – Nepal Press

निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि जसपाले स्पष्टीकरण लिँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तर्घात गर्नेहरूमाथि स्पष्टीकरण सोध्ने कामलाई तीव्रता दिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगेर पार्टी हित विपरीत काम गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको छ ।

समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरूबारे सत्य तथ्य बुझ्ने कार्य गरिरहेको छ । टोली बुधवार सर्लाहीको मलङ्गवा पुगेको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरूमाथि निर्वाचनमा अन्तर्घातको आरोप लागेको छ ।

पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर