कैलालीमा चित्तलको छालासहित एकजना पक्राउ – Nepal Press

कैलालीमा चित्तलको छालासहित एकजना पक्राउ

कैलाली । कैलालीमा चित्तलको छालासहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडले जिल्लाको घोडाघोडी नगरपालिका-५ देउकलिया बाट ५४ बर्सिया खेमराज सापकोटालाई चित्तलको छालासहित पक्राउ गरेको हो ।

सापकोटालाई उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारीले जानकारी दिए ।

सापकोटाबाट प्रहरीले २ थान छाला बरामद गरेको थियो । आवश्यक कारबाहीका लागि उनलाई डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको शाहीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *