प्रधानमन्त्री प्रचण्डले भने- सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने- सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जति धेरै जनतामा सूचनाको हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हकबारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गरे ।

उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जति धेरै जनता सुसूचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम गर्न सकिन्छ ।’

उनले जनताको सूचनाको हक स्थापित र प्रवर्द्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहीनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्ने बताए ।

‘जति धेरै सूचना सम्प्रेषण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो, त्यति धेरै सुशासन कायम हुन्छ र त्यसले देश विकासको वातावरण बन्छ’, उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर