‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न – Nepal Press

‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको थियो ।

मर्चेन्टको सहभागिता, सहकार्य र योगदानको मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, हालसम्म बैंकका २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई-कमर्श मर्चेन्ट रहेको बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको समेत बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर