मेटमणिको दाबी- न राजा पुनःस्थापित हुन्छन्, न त हिन्दु राज्य – Nepal Press

मेटमणिको दाबी- न राजा पुनःस्थापित हुन्छन्, न त हिन्दु राज्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले आजको प्रतिनिधि सभाको बैठकमा देखिएको प्रस्तुतिले लोकतन्त्रिक व्यवस्थामाथि खतरा महसुस देखिएको बताएका छन् । तर, उनले राजतन्त्र र हिन्दु रान्य पुनःस्थापना नहुने जिकिर गरे ।

‘२०७९ माघ १८ गते प्रतिनिधि सभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको महसुस भएको छ । राप्रपाबाट निर्वाचित माननीय ज्युले खुलेरै भन्नुभयो- हामी राजा स्थापित गर्न चाहन्छौं । हिन्दुराज्य बनाउन चाहन्छौं’ उनले फेसबुकमा लेखेका छन्, ‘साथै राप्रपा पार्टीलाई नहोच्च्याउनको लागि सचेतसमेत गराउनु भएको छ ।’

उनले गणतन्त्रवादी शक्तिहरू व्यवस्था विषयमा गम्भीर बन्नु जरूरी रहेको औंल्याएका छन् ।

उनले थपेका छन्, ‘स्मरण रहोस्- न राजा पुनः स्थापित हुन्छन् न त नेपाल हिन्दु राज्य पुनः हुन सक्छ । यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो ! बरू लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने बिषयमा बहस र छलफल गरौं ।’


प्रतिक्रिया

One thought on “मेटमणिको दाबी- न राजा पुनःस्थापित हुन्छन्, न त हिन्दु राज्य

  1. न मन्त्री खान पार्टी फुटाउने भारतीय दलालको ईच्छा पूरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर