क्यानकाे नयाँ ग्रेडिङ : कुन खेलाडीले कति पाउँछन् पारिश्रमिक ? – Nepal Press

क्यानकाे नयाँ ग्रेडिङ : कुन खेलाडीले कति पाउँछन् पारिश्रमिक ?

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले सेन्ट्रल कन्ट्याकका लागि खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजानिक गरेको छ ।

मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सेन्ट्रल कन्ट्याकमा महिला तर्फका १८ खेलाडी बाट घटाएर १२ खेलाडीलाई समावेश गरेको छ भने पुरुषतर्फ १८ खेलाडी यथावत रहेका छन् ।

पुरुषतर्फ ग्रेड ‘ए’मा ५ खेलाडी ग्रेड ‘बी’ मा, ३ र ग्रेड सी मा १० खेलाडी रहेका छन् । ग्रेड ‘ए’मा रहेका खेलाडीले ६० हजार, ‘बी’ मा रहेका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार प्राप्त गर्नेछन् ।

यसअघि ग्रेड ए मा रहेका ज्ञानेन्द्र मल्ल ग्रेड बी मा परेका छन् । सी मा रहेका रोहित पौडेल ए मा परेका छन् ।

क्यानले शरद भेषावकर, विक्रम शोव, साशब आलम सुसन भारी र पवन सर्राफलाई कन्ट्याकबाट हटाउँदै गुल्सन झा, अर्जुन साउद, ललित नारायण राजवंशी, देव खनाल र सागर ढकाललाई कन्ट्याकमा समावेश गरेको छ ।

सेन्ट्रल कन्ट्याक अनुसार कुन खेलाडी कुन ग्र्रेडमा छन् ?

ग्रेड एः रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख

ग्रेड बीः आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल

ग्रेड सीः कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव

महिलातर्फ ग्रेड ए का खेलाडीले २१ हजार, ग्रेड बी का खेलाडीले १८ हजार र सी ग्रेडका खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।

महिला तफ‘ए’ ग्रेडमाः रुविना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा

ग्रेड ‘बी’ माः काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य

ग्रेड ‘सी’ मा ः कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योती पाण्डे, र अप्सरी बेगम

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर