जनयुद्धमा ज्यान गुमाउनेलाई शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न सांसद माझीको माग – Nepal Press

जनयुद्धमा ज्यान गुमाउनेलाई शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न सांसद माझीको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेकी छन् । नेकपा (माओवादी केन्द्र)की नेतासमेत रहेकी उनले बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा हजारौं नेपालीको रगत बगेको बताउदैँ उनीहरुलाई शहीद घोषणा गरिनुपर्नेमा जोड दिइन् ।

गणतन्त्र उनीहरुकै रगतको उपज भएकाले उनीहरुलाई राज्यले बिर्सन नहुने उनको भनाई थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धमा जीवन गुमाउनेलाई शहीद घोषणाको निर्णय गरेको भन्दै उनले त्यो निर्णय हालसम्म कार्यान्वयन नभएकोले कार्यान्वयनतर्फ सरकारको संसदमार्फत ध्यानाकर्षण गराएकी हुन् ।

त्यसैगरी, उनले अल्पसंख्यक र सिमान्तकृत समुदायको लागि छुट्टै संवैधानिक आयोग बनाउन पनि माग गरेकी छिन् । उनले भनिन्, ‘नेपालमा राज्यबाट निरन्तर उत्पिडनमा पारिएका माझी, चेपाङ, दराई, कुमाल, धिमाल लगायत अल्पसंख्यक सिमान्तकृत समुदायलाई समेट्ने गरि छुट्टै अधिकार सम्पन्न संवैधानिक आयोग बनाउनु अपरिहार्य भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर