भारतको नयाँ बजेट : नेपालले पाउने अनुदान घट्यो, भुटानको बढ्यो – Nepal Press

भारतको नयाँ बजेट : नेपालले पाउने अनुदान घट्यो, भुटानको बढ्यो

काठमाडौ । भारतले आर्थिक वर्ष २०२३/२४ को लागि बजेट सार्वजनिक गरेको छ । भारतकी वित्तमन्त्री निर्मला शितारमणले बुधबार केन्द्रीय बजेट सार्वजनिक गरेकी हुन् ।

नयाँ बजेटमार्फत नेपालले पाउने सहयोग घटाइएको छ । यसपटक नेपालले साढे ५ अर्ब रूपैयाँ भारुमात्र सहायता पाउने भएको छ । यसअघि ७ अर्बभन्दा बढी भारु नेपाललाई सहयोग गरेको थियो । यस्तै भुटानले २४ अर्ब भारु सहायता पाउने भएको छ ।

यस्तै बजेटमा अटोमोबाइल, स्मार्टफोनलगायतका सामाग्रीहरूमा भन्सार महसुल कम गर्ने घोषणा गरिएको छ । भारतमा खेलौना, साइकल तथा अटोमोबाइल तुलनात्मकरूमा सस्तो हुन्छ । यस्तै टेलिभिजन प्यानलको आयात शुल्क २.५ प्रतिशतले घटेको छ । ब्याट्रीको आयात शुल्क घटाइएको छ भने सुन, चाँदी र प्लाटिनमको शुल्क बढाइएको छ ।

तर, भारतले आफ्ना नागरिकलाई राहत हुने गरी आयकरको सीमा घटाएको छ । यसअघि ५ लाखसम्मको आयमा कुनै पनि कर नलाग्ने अवस्थामा अहिले भने वार्षिक ७ लाख कमाउनेसम्मले कुनै कर तिर्नुनपर्ने भएको छ ।

आम्दानीअनुसार ५ प्रतिशतदेखि ३० प्रतिशतसम्मको आयाकरको स्ल्याब रहेको छ । विद्युतीय सवारी साधनमा छुट दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर