कर्णालीमा अपराध तथ्यांक घट्दो, ३ वर्षमा कुन घटना कति ? (सूचीसहित) – Nepal Press

कर्णालीमा अपराध तथ्यांक घट्दो, ३ वर्षमा कुन घटना कति ? (सूचीसहित)

सुर्खेत । कर्णाली प्रदेशमा चालू आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा अपराधिक घटनामा कमी पाइएको छ । पछिल्लो समयको अपराध तथ्यांक हेर्दा पछिल्लो तीन वर्षयता ६ महिनाको घटनाकोमा कमी देखिएको हो ।

२०७७/०७८ मा १ हजार ६ सय ३६ घटना भएकोमा २०७८/०७९ मा १ हजार ५ सय ५५ र २०७९/०८० को पुस मसान्तसम्म ७ सय ६७ घटना भइको तथ्यांक छ । प्रहरीका अनुसार २०७९/०८० को ६ महिनामा भवितव्य ज्यान मुद्दामा ११७, झुण्डिएर ११३, जबरजस्ती करणीका १०८, सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्ध कसुरमा ६८, लागुऔषध ५५, बहुविवाह ३६, बैकिंङ्ग कसुरमा ३४, सवारी ज्यान र चोरीमा २२ वटा घटनाका धेरै घटना देखिएको सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए ।

प्रहरीको स्रकियता जिल्ला-जिल्लामा प्रहरी पोष्टको विस्तार र चेतना वृद्धिले अपराधिक घटनामा कमी पाइएको उनको दाबी छ ।

सुरक्षित कर्णालीका लागि प्रहरीले रणनीतिका साथ लागेको प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालको भनाइ छ । कर्णालीका नागरिकसँग जोडिएका समस्यालाई सम्बोधन हुने गरेर निकट भविष्यमा ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ थाल्ने उनले बताए ।

उनले भने, ‘त्यो अभियानलाई सफल बनाउन बिभिन्न निकायबाट सल्लाह, सुझाव र समन्वय गरेर अगाडि बढिरहेका छौं ।’

कर्णालीमा यस्तो छ अपराधको तीन वर्षीय तथ्यांक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *