गगनको प्रश्न- बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर बसेको हो ? – Nepal Press

गगनको प्रश्न- बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर बसेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सयौंका संख्यामा साना किसानहरू कृषिमन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन् । यी तीनै किसानहरू हुन् जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरू चलाएका छन् । बर्डफ्यू नियन्त्रण गर्नका लागि यी किसानहरूको कुखुरा फर्म नष्ट गरियो ।’

सरकारले बर्डफ्ल्यू नियन्त्रण गर्नका लागि नष्ट गरेको कुखुरा फर्मको क्षतिपूर्ति दिन पनि थापाको माग थियो ।

‘सरकार दिन्न भन्दैन, दिन्छु भन्छ दिँदैन । सरकार झुलाउँछ किनकी सरकरलाई भ्याईनभ्याई छ । तर, बैंकले अँठ्याउँछ’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै छानबिन गर्न समिति गठन गर्ने हो कि ? सरकारले दिन्छु भनेको रकम यो प्रपञ्चबाट बाहिर आएर दियौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर