उपप्रधानमन्त्री लिङदेन भेट्न मन्त्रालय पुगे राजदूत थम्पसन – Nepal Press

उपप्रधानमन्त्री लिङदेन भेट्न मन्त्रालय पुगे राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा दुईदेशीय सहयोग र चासोका विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा उपप्रधानमन्त्री लिङदेनले ऊर्जाको विकास, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोगको अपेक्षा गरे । भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकाको महत्वपूर्ण योगदान रहेको बताए ।

पूर्वाधार विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेको भन्दै लिङदेनले सहकार्यका लागि इच्छुक रहेको जानकारी गराए । विदेशी लगानीको सहजताका लागि सरकारी नीतिलाई समय सापेक्ष बनाउँदै लैजाने पनि उनले आश्वस्त पारे ।

विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्ने क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर