सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण : ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन् – Nepal Press

सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण : ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन्

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ।

पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन् ।

क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।

क्यानले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गिकरण गरेको छ।

पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन्।

ग्रेड एमा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन्।

आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड बीमा छन्।

ग्रेड सीमा रहेका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरिएको छ।

ग्रेड ए र ग्रेड बीमा ३/३ जना छन् भने ग्रेड सीमा ६ जना रहेका छन्।

ग्रेड एमा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्।

कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सीमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर