रास्वपा नेताको टिप्पणी- हामी प्रचण्डले नैतिकता र ओलीले सद्भाव देखाउने ठाउँमा पुगिसक्यौँ – Nepal Press

रास्वपा नेताको टिप्पणी- हामी प्रचण्डले नैतिकता र ओलीले सद्भाव देखाउने ठाउँमा पुगिसक्यौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले राजनीतिक रूपमा पार्टीले केही गल्ती गरेको स्वीकार गरेका छन्।

पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि सत्ता गठबन्धनमा उत्पन्न विवादलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

‘हामीलाई हेरेर प्रचण्डहरूले विधि र नैतिकताको कुरा गर्ने। हामीलाई ओलीहरूले समर्थन र सद्भाव देखाउनु पर्ने। यस्ता दिनको हामीलाई अपेक्षा थिएन’ उनले ट्विटरमा लेखेका छन्, ‘यस्ता दिन हामीले चाहेकै थिएनौँ। तर भोगिरहेका छौँ। राजनीतिक रूपमा नै केहि गल्ती त हामीबाट भएकै छ। केहि गल्ती हामीबाट हुन लागेकै छ।’

अहिले रास्वपा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधि र नैतिकता सिकाउने र एमाले अध्यक्ष केपी ओलीले सद्भाव देखाउनुपर्ने ठाउँमा पुगेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर