पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह – Nepal Press

पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह

हेटौँडा । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग नसाट्ने बताएका छन् ।

राप्रपा सरकारमा जानु भनेको आफ्नो मूल्य मान्यतालाई थप बलियो बनाउनु भएको उनले बताए ।

राज्यमन्त्री सिंहले मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर अघि बढ्ने स्वभाव आफ्नो र राप्रपाको नरहेको दाबी गरे ।

आफूले निर्वाचनको समयमा मकवानपुरे जनतासँग गरेको बाचा नभुलेको उल्लेख गर्दै सिंहले जनतासँग गरेका वाचाहरू पूरा गर्न निर्वाचित भएकै दिनबाट लागिसकेको दाबी गरे ।

आफू राप्रपाको तर्फबाट विजयी भएको भएपनि मकवानपुरको विकासमा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने राज्यमन्त्री सिंहको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर