माओवादी केन्द्रको स्थायी समिति बस्दै, विभागहरूले पूर्णता पाउने
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ माघ १८ गते ८:०४
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/maobadi-kendra-baithak-4.jpg)
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकबाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पूर्णपाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाइरहेको बेला सो बैठक बस्न लागेको हो ।
माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पूर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिइदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर