सभामुखका लागि टुंगिएन सरकारी निवास – Nepal Press

सभामुखका लागि टुंगिएन सरकारी निवास

काठमाडौं । नवनियुक्त सभामुख देवराज घिमिरेको सरकारी निवास अझै टुंगो लागेको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि खाली रहेको सभामुख निवासमा राष्ट्रिय अध्यक्ष गणेश तिमिल्सिनालाई सारिएको थियो । उनी बस्दै आएको निवास भत्काइने भएपछि उनलाई सभामुख निवास सारिएको थियो ।

पछि अग्नि सापकोटा आएपछि लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरियो । सहरी विकास मन्त्रालयले निवासको खोजी जारी राखेको बताएको छ । सभामुख घिमिरेलाई नयाँ वासस्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयका एक अधिकारीले बताए ।

(न्यूजकारखानाको यो समाचारमा यसअघि शीर्षक अन्यथा भएकाले सच्याइएको छ – सं)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर