लुम्बिनीका मुख्यमन्त्री गिरीको सचिवालय विस्तार, को-को आए ? – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री गिरीको सचिवालय विस्तार, को-को आए ?

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन् ।

गिरीले दाङका टीका बस्नेतलाई प्रेस संयोजक नियुक्त गरेका छन् । उनी प्रेस चौतारीका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज हुन् ।

यसैगरी सचिवालयमा रुपन्देही निवासी अमृत गिरी र दाङ निवासी पुष्पराज अधिकारी नियुक्त भएका छन् ।

यस्तै कम्प्युटर अपरेटरमा दाङका विपीन केसी नियुक्त भएका छन् । यसअघि गिरीले स्वकीय सचिवमा कृष्ण कुमाललाई नियुक्त गरेका थिए ।

उनले मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम सचिवालय विस्तार गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर