केन्द्रीय सदस्यहरूकाे बहिष्कारबीच सुरू भयाे क्यानकाे बाेर्ड बैठक – Nepal Press

केन्द्रीय सदस्यहरूकाे बहिष्कारबीच सुरू भयाे क्यानकाे बाेर्ड बैठक

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का ६ केन्द्रीय सदस्यले अध्यक्षको राजीनामा मागेपछि केही समय रोकिएको बोर्ड बैठक पुनः सुचारु भएको छ ।

पोखराको एक होटलमा मंगलबार दिउँसो साढे १२ बजेबाट सुरु भएको बैठक सुरु भएलगतै क्यानको असन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषीराम गौतमले अध्यक्ष चतुर बहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका थिए ।

त्यसपछि स्थगित बैठक पुनः सुरु भएको हो । ‘हामीले उहाँहरुसँग (७ केन्द्रीय सदस्य) सदस्यलाई ४ बजेसम्म छलफल गर्ने समय राखेर बैठक स्थगित गरेका थियौं । उहाँहरु नआएपनि हामीले बैठक सुरु गरेको हौं,’ बैठकमा सहभागी एक सदस्यले भने । क्यानका १० बोर्ड सदस्यको सहभागीतामा अहिले बैठक चलिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *