मकवानपुरमा १३० विघा क्षेत्रमा लगाईएको अफिमखेती नष्ट – Nepal Press

मकवानपुरमा १३० विघा क्षेत्रमा लगाईएको अफिमखेती नष्ट

हेटौंडा । मकवानपुरमा १३० विघा अफिम र २८ विघा गाँजा खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।

प्रहरीले लागू पदार्थ उत्पादन न्यूनिकरण अभियान सञ्चालन गरेर माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ विघा अफिम र २८ विघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ विघामा लगाईएको अफिम नष्ट गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर