कञ्चनपुरमा अनाथालयका दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रमुख पक्राउ – Nepal Press

कञ्चनपुरमा अनाथालयका दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रमुख पक्राउ

कैलाली । कञ्चनपुरमा दुई जना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई नाबालिग बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर