दैलेखको पाल्तडामा गाडी दुर्घटना, ७ जना घाइते – Nepal Press

दैलेखको पाल्तडामा गाडी दुर्घटना, ७ जना घाइते

दैलेख । दैलेखको पाल्तडामा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत दैलेखको पाल्तडामा मङ्गलबार गाडी दुर्घटना भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसैगरी कर्णाली राजमार्गअन्तर्गत नै पश्चिम दैलेखको रामाघाट ७ मा हाइस गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा १३ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी शाहले सुर्खेतदेखि कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना भएको जानकारी दिए । गाडी सडकबाट ८० मिटर तल खसेको उनले बताए ।

शाहका अनुसार गाडीमा चालकसहित १३ जना सवार थिए । घाइतेमध्ये दुईजनालाई चोट लागेको र बाँकीको अवस्था सामान्य छ । गाडी चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *