रोकिएन नेप्सेको ओरालो यात्रा, आज दोहोरो अंकको गिरावट

२०७९ माघ १७ गते १५:३२

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १५.७० अंकले घटेर २ हजार १ सय ११.६८ बिन्दुमा बन्द भएको छ ।
मंगलबार ७५ लाख ५३ हजार २ सय ३५ सेयरको किनबेच हुदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रुपैयाँ बराबरको करोबार भएको छ । कारोबारमा रहेका उपसमूहमा आइड्रोपावर समूहको सेयर मूलय बाहेक बाँकी १२ समुहको सेयर मुल्य घटेको छ ।
त्यसैगरी, आज आदर्श लघुवित वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज बजार पूँजीकरण ३० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया