आईस्पानमा नयाँ नेतृत्व, अध्यक्षमा दोहोरिए सुधीर – Nepal Press

आईस्पानमा नयाँ नेतृत्व, अध्यक्षमा दोहोरिए सुधीर

काठमाडौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) नेपालको अध्यक्षमा पुन: सुधीर पराजुली निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो ।

समिति उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन रहेका छन् भने कार्यकारी सदस्यमा कमलप्रसाद बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा छन् ।

यस्तै सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन । आईस्पानको नयाँ कार्यसमितिले इन्टरनेट सेवा प्रदायहरूका समस्याहरूलाई समाधान गर्ने, सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको नवगठित समितिका अध्यक्ष पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर