स्याङ्जामा एकै गाउँमा १४ ठाउँमा चोरी, सीसीटिभी फुटेजको हार्डड्राइभ पनि चाेरी – Nepal Press

स्याङ्जामा एकै गाउँमा १४ ठाउँमा चोरी, सीसीटिभी फुटेजको हार्डड्राइभ पनि चाेरी

पोखरा । स्याङ्जाको पञ्चमूलको १४ ठाउँमा चोरी भएको छ । गएराती स्याङ्जा आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा वडा कार्यालय, गुम्बा, सहकारी, व्यक्तिको घर गरी १४ ठाउँमा चोरी भएको उक्त वडाका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिए ।

‘व्यक्तिको घरबाट साढे १० तोला सुन चोरी भएको छ । वडा कार्यालयको ४५ हजार रुपैयाँ राजस्व, सहकारीको ३ हजार रुपैयाँ जति खुद्रा पैसा पनि चोरी भएको प्रारम्भिक जानकारी आएको छ,’ वडाध्यक्ष अधिकारीले भने ।

चोरी गर्ने व्यक्तिले सहकारीको सिसीटिभी फुटेजको हार्डड्राइभ पनि लगेको वडाध्यक्ष अधिकारीले बताए । ‘पैसा ५/६ लाख रुपैयाँ जति चोरी भएको अनुमान छ । अहिले म प्रहरीकहाँ छु । थप अनुसन्धान हुँदैछ,’ उनले भने । आँधिखोला–१ को पञ्चमूलको ३ किलोमिटर क्षेत्रभित्र यी चोरीका घटना भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर