राम जन्मभूमि : नेपालको ठोरी कि भारतकाे अयाेध्या ? – Nepal Press

राम जन्मभूमि : नेपालको ठोरी कि भारतकाे अयाेध्या ?

जनकपुर-अयोध्या ‘ट्विन सिटी अग्रिमेन्ट’ कार्यान्वयन गर्न गराउन नेपाल-भारतले किन बल नगर्ने ?

भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरमा भगवान रामको प्रतिमा बनाउन नेपालको काली गण्डकीबाट देव शीला अयोध्या लगिँदैछ । भारतीय र नेपाली दुवै पक्षबीच संवाद गरी यसलाई औपचारिकता प्रदान गरियो । नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटले शालिग्राम शीलाको खोजी गर्ने निर्णय गरेको थियो । अयोध्यामा राम मन्दिरको शिलान्यासकै दिन प्राचीन मिथिलाको राजधानी जनकपुर जानकी मन्दिरका महन्थले प्रतीकात्मक हिसाबले पाँचवटा चाँदीको इँटा लिई अयोध्या पुगेका थिए । काठमाडौंलगायत नेपालका विभिन्न भागमा रामप्रति आस्था राख्ने हिन्दुहरुले अयोध्यामा बन्न लागेको राम मन्दिरको उपलक्ष्यमा दीप प्रज्ज्वलन गरेका थिए ।

गण्डकी प्रदेश हुँदै ल्याइएको देव शीलालाई जनकपुरसम्म ल्याउँदै गर्दा यसबारे विभिन्न कोणबाट टिप्पणीहरु हुने क्रम जारी छ । यस सन्दर्भमा कतिले कबीरको दोहा याद गरे, ‘पाहन पूजे हरि मिले तो मैं पूजूँ पहार ।’ जसको अर्थ हो मूर्तिमा भगवान छ भनी मान्यता बोकेर केबल मूर्तिको पूजा गर्नु र आफ्नो आचरणमा शुद्धता नल्याउनुलाई भक्ति मानिँदैन । कबिरको यो दोहाको आफ्नै गम्भीरताको आफ्नै स्थान छ । त्यसैगरी हिन्दु दर्शनमा भगवानप्रतिको आस्था कायम राख्न निर्मित विभिन्न आयाममध्ये एउटा हो- पन्थवाद (पैंथिज्म) जसले यो विश्वास राख्छ कि ईश्वर नै सबैथोक हो, जो ब्रम्हाण्ड समान छ । यो संसारमा या भनौं ब्रम्हाण्डमा यस्तो केही छैन, जुन ईश्वरको पहुँचबाट बाहिर होस् । हिन्दुत्वसम्बन्धी साहित्यहरुमा पन्थवादले नै हो, जसले पत्थरमा समेत प्रभुको महत्व देख्न प्रेरित गर्दो हो । भारतीय राजनीतिमा मन्दिर-मस्जिदको न्यारेटिभ चलिनै रहनेमा शंका छैन । अयोध्याको ‘राम मन्दिर’ले त भारतको राजनीतिलाई आफ्नो परिधिभित्र घुमाउँदै आएको इतिहास छ ।

भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष लालकृष्ण आडवाणीले सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा निकालेका थिए । समयको त्यही कालखण्डमा मस्जिद तोड्ने योजना उन्निएको इतिहास छ ।

दिल्लीका तत्कालीन बादशाह इब्राहिम लोदी पराजित हुन पुगे र भारतमा सुरु भयो मुगल शासन सन् १५२६ तिर । त्यसको दुई वर्षपश्चात सन् १५२८ मा बाबरका सेनापति मीर बाकीले बाबरी मस्जिदको निर्माण गर्न लगाएको भारतीय इतिहासको दस्तावेजमा उल्लेख गरिएको पाइन्छ । उन्नाइसौं शताब्दीमा सन्त रघुवर दासले मस्जिदको प्रांगणमा भगवान रामको जन्मभूमि रहेको र त्यहाँ पूजापाठ गर्ने उद्देश्यले रामचबुतरा र सीता रसोईको निर्माण गरे । तत्कालीन भारतमा हिन्दु र मुसलमान दुवै धर्म मान्नेहरुको आस्था रहेको कारण विगतका समयमा अनेक दंगा भड्किएको थियो ।

मुगल साम्राज्यको अवसानपश्चात सन् १८५८ मा ब्रिटिस सरकारले विवाद हल गर्न मस्जिद र चबुतराबीच पर्खाल निर्माण ग¥यो । तर, विवादको किनारा लागेन । झण्डै ४६६ (विभिन्न दस्तावेजअनुसार केही वर्ष तलमाथि) वर्षसम्म अयोध्यामा कायम रहेको बाबरी मस्जिद विभिन्न हिन्दु संगठनहरुको आयोजना तहत सन् १९९२ को डिसेम्बर ६ तिर ढालियो, भत्काइयो । भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष लालकृष्ण आडवाणीले सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा निकालेका थिए । समयको त्यही कालखण्डमा मस्जिद तोड्ने योजना उन्निएको इतिहास छ । बाबरी मस्जिदको अवसान हुनुभन्दा झण्डै ४३ वर्षअगावै सन् १९४९ मा अचानक मस्जिदको मध्यभागमा रामललाको मूर्ति प्रकट भएको थियो । हिन्दु धर्मको संरक्षण र प्रवर्द्धनको नाममा संगठित संघसंस्थाहरुले भगवान राम स्वयं आफ्नो जन्मस्थलमा प्रकट भएको दाबी गरे । उक्त मुहिमले समातेको तुल मुद्दाको रुपमा स्थापित भयो र भारतको न्यायालयमा पुग्यो ।

भारतीय जनता पार्टी र खासगरी नरेन्द्र दामोदार दास मोदी प्रधानमन्त्री भएपश्चात उक्त मुद्दामा भारतभित्र बहस र विमर्शले वेगमात्रै समातेन, पछिल्लो समय भारतको सर्वोच्च अदालतले नै सोही ठाउँमा रामललाको मन्दिर निर्माणार्थ आदेशसमेत दियो ।

अदालतले मूर्ति यथावत राखी मस्जिद र त्यसको प्रांगणमा रहेको रामचबुतरा र सीता रसोई पनि सील गर्ने आदेश दिएको थियो । भारतीय जनता पार्टी र खासगरी नरेन्द्र दामोदार दास मोदी प्रधानमन्त्री भएपश्चात उक्त मुद्दामा भारतभित्र बहस र विमर्शले वेगमात्रै समातेन, पछिल्लो समय भारतको सर्वोच्च अदालतले नै सोही ठाउँमा रामललाको मन्दिर निर्माणार्थ आदेशसमेत दियो । आदेशलगत्तै रामललाको मन्दिरको शिलान्यास सम्पन्न भई मन्दिर निर्माणको कार्य जारी छ, तीव्र गतिमा । राम मन्दिर निर्माण वर्तमान भाजपाको चुनावी घोषणापत्रको एउटा अभिन्न वाचा हो । भाजपाले उक्त वाचा पूरा गर्छ भनी भारतीय मतदाताले अपार बहुमतसमेत दिएका छन् ।

भाजपा विकास कार्यमा समेत हिन्दुत्वलाई आधार मान्दै अगाडि बढेको देखिन्छ । ‘जहाँ जहाँ परे चरण रघुवर कि’ अर्थात भगवान राम वनवासको क्रममा हिँड्दा उहाँका पाइला परेको हरेक भूगोललाई रामायण सर्किटको अवधारणा अगाडि बढिसकेको छ । जसअन्तर्गत नेपालको पनि ठूलो हिस्सा समाहित छ । पछिल्लो समयदेखि बुद्ध सर्किटको चर्चा पनि शिखरमा छ । भारतमा भाजपाको उदयसँगै ब्रिटिस सम्राज्यदेखि गैरहिन्दु र शासकले नामकरण गरेका शहर, कस्बा, सडक, पार्कहरुको नाम परिवर्तन गरिरहेको छ । नेपाल र भारतको सभ्यता र सांस्कृतिक सम्बन्धको आदानप्रदानले यी दुई देशबीचको सम्बन्धलाई पृथकता र विशिष्टता प्रदान गर्दै आएको छ । नेपालको पशुपतिनाथ र भारतको काशी विश्वनाथप्रति अनादिकालदेखि रहँदै आएको विश्वासले नेपाल भारत सम्बन्धलाई अटुट राख्दै आएको छ । शताब्दियौंदेखि अयोध्या र जनकपुरको महत्व स्थापित छ । जसको प्रमाणित इतिहास छ ।

नेपालको पशुपतिनाथ र भारतको काशी विश्वनाथप्रति अनादिकालदेखि रहँदै आएको विश्वासले नेपाल भारत सम्बन्धलाई अटुट राख्दै आएको छ । शताब्दियौंदेखि अयोध्या र जनकपुरको महत्व स्थापित छ । जसको प्रमाणित इतिहास छ ।

दुई वर्ष पहिला नेपालको प्रधानमन्त्री थिए केपी शर्मा ओली । त्यसवखत उनले राम जन्मभूमि नेपालको ठोरीमा भएको थियो भनी दिएको अभिव्यक्तिपश्चात एक किसिमको तरंग उत्पन्न भएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपश्चात ओइरिएको आलोचनापछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरणसमेत दिन परेको विदित्तै छ । विश्वभरका हिन्दुहरुले ओलीको आलोचना गरिरहे । कतिले त प्रधानमन्त्री जस्तो ओहदामा बस्नेले इतिहासको अपव्याख्या गर्न शोभा नदिनेसमेत भनेका थिए । कतिसम्म भने ओलीले ठोरीमा अयोध्याधाम निर्माण गर्न ठाडो निर्देशन दिए । ओलीको उक्त हठलाई उनकै पार्टीभित्रका नेताहरुले असान्दर्भिक प्रदर्शन भनिरहे । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत ओलीको कडा आलोचना गरेका थिए । आज जसरी अयोध्यामा बन्दै गरेको राम मन्दिरमा भगवानको प्रतिमा स्थापनार्थ नेपालबाट देव शीला लगिएको छ यसले ओलीले प्रस्तुत गरेको आधारहीन मिथकलाई त्यसरी नै गलत सावित गरिदिएको हुनुपर्छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक नेपाल भ्रमण आएका वेला नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई मजबुत बनाउन जनकपुर-अयोध्याको भूमिकाको परिकल्पना गर्दै ऐतिहासिक ‘ट्विन सिटी अग्रिमेन्ट’ भएको थियो । यसभित्र लुकेको अर्थतन्त्रले दुई देशबीच रहँदै आएको रोटी-बेटी सम्बन्धलाई रोजी रोटीको सम्बन्धमा परिणत गर्ने आकांक्षाको प्रतिनिधित्व गर्ने निश्चित छ । यसबीचमा भारत सरकारले रामललाको प्रतिमा निर्माण र स्थापनामा गरेको मेहनत र देखाएको लगन ‘ट्विन सिटी अग्रिमेन्ट’ कार्यान्वयनमा पनि देखियोस् ।

twitter: @randhirJNK


प्रतिक्रिया

3 thoughts on “राम जन्मभूमि : नेपालको ठोरी कि भारतकाे अयाेध्या ?

  1. यसलाई राजनीति नगर्ने हो भने यो नेपालको ठोरीमा पर्छ तर पछिल्लो समय यसलाई राजनीति माध्यम बनाइदै छ भाजपा र नेपालका चाकरी बाजहरूले।

  2. श्री पशुपतिनाथ में भट्ट पुजारी दक्छिन भारत के तमिलनाडु प्रान्त से और भारत स्थित चार धामों में से एक धाम श्री रामेस्वरम धाम के पुजारी नेपाल से होना भी नेपाल भारत के बिच पौराणिक बिशिस्ट संबंधों को उजागर और प्रमाणित करता आया है ..
    जय सियाराम .. 🙏🌹

Leave a Reply

Your email address will not be published. Required fields are marked *