प्रधानमन्त्रीको कार्यव्यस्तताले माओवादी बैठक सर्‍यो – Nepal Press

प्रधानमन्त्रीको कार्यव्यस्तताले माओवादी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक सरेको हो।

बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बजे बस्न लागेको हो। बैठक सोमबारबाट सुरु भएको थियो ।

रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर