नेकपा एसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र (पूर्णपाठ)


काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने बुझाएको छ ।
आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।
माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर लगाउतका नेताहरुले ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए ।
चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको नेकपा एसको भनाई छ ।
नेकपा एसले ज्ञापनमा अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव पनि दिएकाे छ ।