पूर्वराजदूत अन्जान शाक्य पनि योजना आयोगको सदस्य नियुक्त – Nepal Press

पूर्वराजदूत अन्जान शाक्य पनि योजना आयोगको सदस्य नियुक्त

काठमाडौं । पूर्वराजदूत अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत भएकी थिइन ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।

उनी एमाले विदेश विभाग सदस्यसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर