सुनसरीका मदरसामा प्रहरीको साइबर गतिविधि सूचना संकलन सचेतना कार्यक्रम – Nepal Press

सुनसरीका मदरसामा प्रहरीको साइबर गतिविधि सूचना संकलन सचेतना कार्यक्रम

विराटनगर । सुनसरीका मदरसाहरुमा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत मदरसा हरुमा साइबर गतिविधिको सूचना संकलन विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अपराध न्यूनीकरण गर्ने उद्देश्यअनुरुप मदरसामा रहेका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

सहभागीहरुलाई अपराध न्यूनीकरणका उपायहरुका बारेमा उर्दु भाषाबाट समेत प्रशिक्षण दिइएको छ । जिल्लामा रहेका ६६ वटै मदरसामा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर