पर्वतारोहण संघको विधानविपरीत समितिहरुमा राजनीतिक कार्यकर्ता भर्ती गरिएको आरोप (सूचीसहित)


काठमाडौं । नेपाल पर्वतारोहण संघको नेतृत्वले विधानविपरीत विभिन्न समितिहरुमा गैरआरोही तथा सदस्य बन्न योग्यता नभएका व्यक्तिहरुलाई मनोनित गरेर राजनीतिक भर्तीकेन्द्र बनाएको भन्दै कार्य समितिकै सदस्यहरुले विरोध गरेका छन् ।
संघले हालै २० वटा समिति गठन गर्दै सयौं व्यक्तिलाई मनोनीत गरेको छ । विधानमा एउटा समितिमा ७ सदस्य रहने भनिए पनि २० जनाभन्दा बढीलाई राखिएकोले विधान उल्लंघन भएको आरोप छ ।
संघका अध्यक्ष निमानुरु शेर्पाभन्दा पनि समिति गठन गरेर राजनीतिक दलका कार्यकर्ता भर्ती गर्न महासचिव मोहन लम्सालले सक्रियता देखाएको आरोप एक पदाधिकारीले लगाए ।
समितिमा सदस्य बन्ने योग्यता नपुगेका व्यक्तिहरु राखिएको आरोप छ ।