मापसे छल्न प्रहरीको हात भाँचेर भागेको आरोपमा अटो व्यवसायी सौरभ थापा पक्राउ – Nepal Press

मापसे छल्न प्रहरीको हात भाँचेर भागेको आरोपमा अटो व्यवसायी सौरभ थापा पक्राउ

पोखरा । कास्की प्रहरीले प्रहरीको हात भाँचिदिएको आरोपमा एक अटो मोबाइल व्यवसायी पक्राउ गरेको छ ।

चेकिङमा रहेका प्रहरीलाई हात भाँचिदिएको (अभद्र व्यवहार गरेको) आरोपमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका सदस्य सौरभ थापालाई गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका २५ वर्षीय थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा हुन् । पोखरा रामबजारमा गत बिहीबार बिहान ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको आरोप छ ।

थापाले मदिरा सेवन गरेर गाडी चलाउँदा चेकिङमा बसेका प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएको बताइएको छ । थापालाई गत शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर